कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ ।
कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ । आज बुटवलको समाचार पढेर मन विचलित बनेको छ । देवदह नगरपालिका-६ की एक महिला भाइरसले थला परिन् । हिजो सङ्क्रमण पुष्टि पनि भयो । सास फेर्न गाह्रो हुन थालेपछि उनलाई हस्पिटल भर्ना गर्नुपर्ने भो । बुटवलमा रहेको कोरोना हस्पिटल पूरै भरिएको रहेछ । अवस्था बिग्रिन थालेपछि तत्काल आइसियु बेड चाहिने भयो । उनका श्रीमान् आफै वडाध्यक्ष रहेछन् । नगरकी मेयर र उनले बिहानभर बुटवलदेखि काठमाडौंका प्रायः सबै हस्पिटलमा सम्पर्क गर्दासमेत कतै बेड भेटिएन । यहाँसम्म कि अक्सिजन सप्लाई भएको बेड पनि भेटिएन । स्थानीय सरकारप्रमुख मेयर स्वयंले पहल गर्दा पनि केही नलागेपछि बल्लबल्ल उनलाई बुटवल हस्पिटलको 'फिवर-क्लिनिक'मा भर्ना गर्नुपर्यो । कोरोना सामान्य ज्वरो भएको भए क्लिनिकले उपचार गर्दो हो । दिनभर छटपटिएर दिउसो चार बजेतिर उनले प्राण त्यागिन् । हामीसँग महिनौंको समय थियो । जिन्दाबाद र मुर्दाबाद गर्दै सिंहदरबारदेखि गाउँगाउँसम्म भाइरस फैलाउनुको सट्टा अलिकति स्वास्थ्यपूर्वा...