कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ ।

 

कोरोना सङ्क्रमित हुँदैमा थला परिन्छ भन्ने छैन तर थला पर्नुभो र तपाईं सामान्य नागरिक हुनुहुन्छ भने उपचार पाउने र बाँच्ने संभावना साह्रै कम रहेछ ।

आज बुटवलको समाचार पढेर मन विचलित बनेको छ । देवदह नगरपालिका-६ की एक महिला भाइरसले थला परिन् । हिजो सङ्क्रमण पुष्टि पनि भयो । सास फेर्न गाह्रो हुन थालेपछि उनलाई हस्पिटल भर्ना गर्नुपर्ने भो । बुटवलमा रहेको कोरोना हस्पिटल पूरै भरिएको रहेछ । अवस्था बिग्रिन थालेपछि तत्काल आइसियु बेड चाहिने भयो । उनका श्रीमान् आफै वडाध्यक्ष रहेछन् । नगरकी मेयर र उनले बिहानभर बुटवलदेखि काठमाडौंका प्रायः सबै हस्पिटलमा सम्पर्क गर्दासमेत कतै बेड भेटिएन । यहाँसम्म कि अक्सिजन सप्लाई भएको बेड पनि भेटिएन । स्थानीय सरकारप्रमुख मेयर स्वयंले पहल गर्दा पनि केही नलागेपछि बल्लबल्ल उनलाई बुटवल हस्पिटलको 'फिवर-क्लिनिक'मा भर्ना गर्नुपर्यो । कोरोना सामान्य ज्वरो भएको भए क्लिनिकले उपचार गर्दो हो । दिनभर छटपटिएर दिउसो चार बजेतिर उनले प्राण त्यागिन् ।
हामीसँग महिनौंको समय थियो । जिन्दाबाद र मुर्दाबाद गर्दै सिंहदरबारदेखि गाउँगाउँसम्म भाइरस फैलाउनुको सट्टा अलिकति स्वास्थ्यपूर्वाधार बनाउनतिर लागेको भए शायद उनको ज्यान जोगिन्थ्यो । यो घटना छिटपुट पनि होइन । कुनै पनि हस्पिटलले ओराल्न नमानेपछि एम्बुलेन्समैं मृत्यु भएका घटना बाक्लै सुनिन्छ ।
स्थिति दिनहुँ जटिल बन्दै छ र सङ्क्रमण दर बढ्दो छ । तर दुर्भाग्य, उपचार गर्ने ठाउँ र सुविधा भने छैन । एउटा बेडका लागि ठूलो राजनैतिक पहुँच चाहिन्छ र त्यसभन्दा ठूलो भाग्य चाहिन्छ । तपाईंसँग दुबै छन् भने त बेग्लै, नत्र हदैसम्मको सतर्कता अपनाउनुहोला । सरकारले बनाएका र जारी गरेका निर्देशनहरू सरकार आफैले पालना नगरे पनि तपाईंले गर्नुहोला । आखिर ज्यान तपाईंको हो !!!
कोरोना फैलनुमा कसैको बढि दोष छ भने त्यो सरकार र सरकार निकट ब्यक्तिकै छ । हामी सचेत र सावधान हौं ।
Narayan
दाजैको वालबाट

Comments

Popular posts from this blog

म एउटा बेश्यालय खोल्न चाहन्छु

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव