कोरोना: साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन


साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन 

 #तथ्य हेरौं ! #नआत्तिऔं ! #नअत्याऔं !! 
१) शुरुमा इटली देखाएर तर्साइयो । 
इटलीमा ४० लाख कोरोना संक्रमित भए भनियो ! 
र, १ लाख १५ हजारको मृत्यु भयो भनियो । 
जुन मान्दा पनि ३ प्रतिशत मृत्युदर हुन्छ। 
२) त्यसपछी अमेरिका देखाएर तर्साइयो अमेरिकामा ३ करोड २७ लाखलाईकोरोना संक्रमण भयो भनियो । 
र, ५ लाख ८५ हजारको मृत्यु भयो भनियो जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ । 
३) त्यसपछी ब्राजिल देखाएर तर्साइयो । 
जहाँ १ करोड ४३ लाखलाई कोरोना संक्रमण भयो भनियो । 
र, ३ लाख ८९ हजारको मृत्यु भयो भनियो ।
जुन मान्दा पनि २ प्रतिशत मृत्युदर हुन्छ । 
४) ठीक त्यस्तै अहिले भारत देखाएर तर्साईदैछ। 
जहाँ १ करोड ७० लाखलाई कोरोना लाग्यो भनिएको छ। 
र, १ लाख ९२ हजारको मृत्यु भयो भनिएको छ। 
जुन मान्दा पनि १ प्रतिशत हुन्छ । 
५) अनि अहिलेसम्म संसारमा १४ करोड ७० लाखलाई कोरोना लाग्यो भनिएको छ । 
र ३१ लाखको मृत्यु भयो भनिएको छ ।
जुन लगभग २ प्रतिशत मृत्युदर हुनजान्छ । 
अर्थात, 
  • कोरोना लाग्यो भनिएका मध्ये ९८ प्रतिशत मानिसहरु निको भएर फर्केका छन । 
  • ९५ प्रतिशत मानिसहरु सामान्य घरेलु उपचारले नै निको हुन्छन । 
  • क्यान्सर, मुटु, फोक्सो, किड्नी लगायतका रोगबाट मृत्यु भएकालाई पनि पिसिआर पोजिटिभ आयो भने कोरोनाकै बाकसमा हालेर २ प्रतिशत बनाइएको छ ! 
  • सरकारले अस्पताल अनि उपचार प्रणालीको उचित र यथेष्ट ब्यवस्थापन गर्न नसक्नुलाई कोरोना आतंकको बहाना नबनाऔं । 
  • हरेक सिजनल फ्लुलाई स्वास्थ्य सावधानी अपनाउदा पनि सजिलै परास्त गर्न सकिन्छ । 

आतंक र डरको बितरण गरेर मानिसहरुलाई नअत्याऔं । नआत्तिऔं ।

Comments

Popular posts from this blog

म एउटा बेश्यालय खोल्न चाहन्छु

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव