Posts

Showing posts from May, 2021

कलियुग - अघोरी चेैतन्यैश्वर चण्डी

Image
अघोरी चेैतन्यैश्वर चण्डी यो हामिले भोगिरहेको नै कलियुग हो। यस युगको बारेमा सत्यवति तथा पराशर पुत्र व्यासजिले जे-जसो भन्नुभएकोछ, त्यसैलाई मैले तपाईंहरुले सजिलै बुझ्ने भाषामा भावानुवाद गरिदिएको छु। यश कलियुगमा मानिसहरु सँधै तामसी गुणले घेरिएर रहेको हुन्छन् । यसैले माया प्रेम तथा गुणमा दोष देख्छन् । तपस्विहरुको बध गर्न तत्पर रहन्छन् । युगको गुणले पेटमा भोकको आगो हुनेछ । अत्यन्त क्रोधि, र सानो चित्तवाला, अधार्मिक र दुष्ट मानिसहरु हुनेछन् । त्यसैले प्राण हर्ने रोगहरु हुनेछ । अनावृष्टि हुनेछ । देशहरु नै उथुलपुथुल हुनेछ । असत्य अध्ययन, दुराचार हुनेछ, दुषित शास्त्रको अभ्यास र खराब कर्मले भरिपुर्ण हुनेछ । भ्रुणहत्या र वीरहत्या प्रचलित हुनेछ । शुभकर्महरु हुनेछैन बरु महादेव, पुरुषोत्तम, ब्रम्हा र धर्मशास्त्र तथा पुराणहरुको निन्दा हुनेछ । ब्राम्हणहरुलाई पनि आफ्नो धर्ममा रुचिहुने छैन । स्त्रीहरु वेश्यावृति गर्नेछन् । अन्न तथा वस्त्रहरु पनि चोरी हुनेछ । चोरहरुले चोरकै चोर्नेछन् र अर्को चोरले त्यो चोरको पनि चोर्नेछन् । प्रचुर दुःख हुनेछ शरीरमा रोग र अल्छ्याइ बढ्नेछ । मानिसहरु छोटो आयुको हुनेछ

तस्विरमा १०० बर्ष पहिलाको महामारी

Image
 तस्विरमा देखिएका दृष्यहरु १०० बर्ष पहिलाको स्पेनिश फ्ल्युको महामारीमा देखिएका/घटेका केहि झलकहरु मात्र हुन 

सर ट्रमालाइ राखेको अक्सिजन सिलिण्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए

Image
  डा सन्तोष पौडेल अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर, अक्सिजन सकिनै लाग्यो!’ ‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र! ‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’ मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’ ‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’ ऊ-सर हजुरहरुलाई राखेको अक्सिजन सिलिण्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए। हामीले के भन्ने सर, जबरजस्ती गरेपछि! म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन) म; अब के हुन्छ? ऊ: हैन सर १० वटा पठइदिहाल्छु। म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ? ऊ-सर त्यो त म के भनुँ। नि:शब्द ! त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो

गण्डकी हस्पिटलका उपकुलपतिको निजि अक्सिजन व्यवसायलाई बचाउन सरकारी हस्पिटलको प्लान्ट बन्न दिईएन

Image
  हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा अक्सिजन प्लान्ट बनाउन पोखराका ठूला व्यापारिक घरानाको पहलमा सहयोग संकलन भइरहेको रहेछ । व्यवसायी र देश/विदेशमा रहेका मनकारीले असल मनसायका साथ थुप्रै रकम सहयोग पनि गरिरहनुभएको छ । तर यस सम्बन्धमा मेरो जानकारीमा भएका केही तथ्य प्रस्तुत गर्छु । १.सहरी विकास तथा भवन निर्माण विभाग, संघीय योजना कार्यान्वयन इकाइले अस्पतालमा रेट्रो फिटिङ (भवन प्रवलीकरण) को काम गरिरहेको छ । प्राविधिक र आर्थिक सहयोग नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (एनएसएसपी) र अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) ले गरेका छन् । रेट्रो फिटिङ आयोजनाभित्रै अक्सिजन प्लान्ट निर्माण योजनासमेत छ । बिकोइ/रौताहा/पीके जेभीसँग विभागले गत वर्ष असार २९ मा सम्झौता गरेको थियो । आयोजना सम्पन्न गर्नुपर्ने मिति २०७९ असार २८ रहेको छ । भ्याट बाहेक ५४ करोड रुपैयाँमा सम्झौता भएको छ । (यसर्थ, अस्पतालमा अक्सिजन प्लान्ट बनाउन रकमको अभाव छैन ।) २.गत वर्ष सम्झौता हुँदा कोरोना महामारी नै थियो । सम्झौताको तालिकामा भने अक्सिजन प्लान्ट निर्माणलाई अन्तिममा राखियो । (कारण ः अस्प

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्र पाण्डे

Image
१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ | २. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ | ३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ | ४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभ

फेस बुक कि श्रद्धाञ्जली बुक ?

Image
प्रसङ्ग कोरोना - प्रदीप कुमार मैनाली आफन्त, नातेदार, गुरु, साथीभाइ, नेता, समाजसेवि, कलाकार जो सुकै हुन्, उनीहरूको अप्रत्याशित मृत्युको खबरले मर्माहत हुनु स्वभाविक हो। जति नजिकको सम्बन्ध हुन्छ त्यति नै आघात बनिन्छ मृत्युको खबरले । छ्टपटी हुन्छ, कहाँ भनौं, कसो गरौं हुन्छ र स्वभावैले नजिकको मान्छे लाई फोन खबर गरिन्छ अनि श्रद्धाञ्जलीका दुई शब्द अर्पण गरेर मृतक प्रति श्रद्धा राख्छौं हामी । यसो गर्नु सहि पनि हो एक हदसम्म । तर अहिलेको अवस्था त्यस्तो रहेन । कोरोनाको कारणले मृत्यु हुने संख्या दिनानुदिन बढ्दै गएको, धेरै जना अस्पतालमा उपचार गराइरहेका, कतिपय घरमै उपचार गराइरहेका हुनाले, यस्तो खबरले बिरामीहरूको मनोबल घट्छ । आज बिहानै कोरोना सक्रमित एकजना साथीले भन्दै थिए, "बेलुका दश बजे फलानोको कोरोनाले मृत्यु भयो भन्ने खबर सुने देखि सुत्नै सकेको छैन, फेसबुक हेर्यो कि यौटै मान्छे मरेको खबर सयौंले हालेको देख्दा झन् डर पो लाग्न थाल्यो " । म बिरामी नभएको मान्छेलाई त यस्तो खबर तारातार सबैले जतासुकै हालेको देख्दा मनमा एक किसिमको नजानिदो डर उत्पन्न हुन्छ भने उपचार गराइरहेको ब्यक्तिलाई त नहुन

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव

Image
जनहितमा जारी । यी फोटोहरु गतवर्ष यतिबेलातिरै श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा कोठाकोठाको ढोका अघि खाना लग्दिनु अघि खिचेका फोटोहरु हुन्। श्रीमानको पोजेटिभ रिपोर्ट आएको पाँचौ दिनपछि जब दुई छोरीहरूको पनि पोजेटिभ नै रिपोर्ट आयो त्यतिबेला म स्तब्ध भएकी थिएँ... र भान्सामा एक्लै रोएकी थिएँ।रुँदै गर्दा जब तातो आँसु मेरो हातमा पर्यो तब मैले तत्कालै बेसिनमा गएर मुख धोएँ र आफूलाई बलियो बनाएँ। हुन त छोरीहरूमा त्यस्तो कुनै लक्षण थिएन र पनि मेरो सामु उनीहरूलाई रिपोर्टबारे जानकारी दिएर आइसोलेसनमा राख्न मानसिक रुपमा कसरी तयार बनाउने भन्ने ठूलो चुनौती थियोे ।उता श्रीमानको स्वास्थ्य अवस्था जटिल थियोे भने यता नानीहरूलाई सबै ठिकै हुन्छ भनेर सम्झाउनु र कोरोनासँग एक्लै लड्नु कम चुनौती थिएन र पनि करिब महिना दिनको कठोर सङ्घर्षपछि तीनैजना कोरोनामुक्त भए । यसै सन्दर्भमा केही दिन अघि सामाजिक सञ्जालतिर कोरोना संक्रमितलाई अव्यवस्थित किसिमले खाना दिएको दृश्य देखेपछि त्यो बेलाको मेरा केही अनुभव सेयर गरौं लाग्यो । १. तपाईंको परिवारको कुनै सदस्यलाई कोरोना पोजेटिभ देखिएको

Crimes Against Humanity Against the Citizens.

Image
  It is difficult to believe the faces that are obstructing the procurement process for the commission in the procurement of vaccines against the Kovid-19 epidemic.  But the available evidence shows that the government, the ministry and the middlemen have committed crimes against humanity against the citizens. The vaccination campaign started in Nepal after India donated one million doses of corona vaccine last January. Immediately, the government, in coordination with the Indian government, wrote a letter to the Serum Institute of India to purchase 2 million doses.  Serum covsilde is a vaccine manufacturer. Serum also looked positive in Nepal's letter.  He pledged to provide the vaccine to Nepal at a concessional rate of four dollars.  But his condition was to pay in advance. Last February, the Council of Ministers suspended the provisions of the Public Procurement Act and paved the way for advance payment to Serum.  There is a rule in the Procurement Act that full payment cannot

Corona's Apprehensive lifestyle

Image
The corona of the second type (variant) is spreading rapidly. Experts say that it has become more and more shifting due to its harsh nature. It looks like this is going to test the resilience of all of us. Isn't it testing me somewhere? I have been feeling this way since the day before yesterday but I have not tested it.  I want to share with everyone here about what has happened to me and what measures I am taking to get rid of it. So that I can get and follow the invaluable suggestions of the people here. My condition I am not a very strong person in terms of health. About 29 years ago today, my aortic valve was replaced by open heart surgery and the mitral valve was repaired. Since then, I have been taking blood thinners as well as diuretics. About ten years ago, he was treated for a problem with the water in his lungs. Since then, the lungs have been weaker than usual. About 20 years ago, Dr. Sanduk Ruit operated on the left eye pupil and inserted a plastic pupil into his right

UNWRITTEN SOCIAL RULES WE MUST FOLLOW

Image
1. Don’t call someone more than twice continuously. If they don’t answer, it simply means they have something more important to attend to. 2. Return money that you have borrowed even before the other person asks for it, be it Rs.1 or Rs.100. It shows your integrity & character. 3. Never order expensive dishes on the menu when someone is treating you. If possible ask them to order their choice of food for you. 4. Don’t ask awkward questions like ‘Oh so you aren’t married yet?’ Or ‘Don’t you have kids’ or ‘Why didn’t you buy a house?’ For god’s sake, it isn’t your problem. 5. Always open the door for the person behind you. It doesn’t matter if it's a guy or a girl, young or old. You don’t become small by treating someone well. 6. If you tease someone and they don’t seem to enjoy it, stop & never do it again. 7. Praise publicly, criticize privately. 8. There’s never a reason to comment on someone’s weight. Just say, “You look fantastic.” If they want to talk about losing weigh