Posts

Showing posts from June, 2020

"MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं

Image
" MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं ! नेपाल गिजोल्न र चीनसंग लड्न बर्दी लगाएर बाहिर आउन भनौं  तल फोटोमा हेर्नुहोस्, दफा ७.१ मा 'MCC संझौता र नेपालको राष्ट्रिय कानू बाझिएमा प्रस्तुत संझौता लागु हनेछ' भनिएको छ। यो दफाले नेपालमा २ वटा सरकारको वकालत गरिरहेको छ। त्यो भन्दा तल अनुसूची (३) को (क) को 'स्वतन्त्र मूल्यांकन' नामको शिर्षकमा नेपालले MCC परियोजनाको असर वा कार्य सम्पादनका बारेमा कुनै जानकारी लिन चाहेमा MCC को 'पूर्व स्विकृति' लिनु पर्ने बनाएको छ। यसको अ र्थ हो, MCC ले के गरिरहेकाे छ र त्यसकाे कामको असर के कस्तो परिरहेको छ भन्ने कुरा MCC को अनुमति विना बुझ्न पाईने छैन। यसबाट स्पष्ट हुन्छ कि त्यसले ट्रान्समिशन लाईन देखाएर अरु कुनै अबान्छित कामहरु गर्न खोजेको छ।  यससंग जोडिएको अझ डरलाग्दो प्रावधान दफा ६.३ मा छ। सो दफाको (ख) मा भनिएको छ कि MCC संझौता र अन्य कुनै संझौता बाझिएमा वा परस्पर असंगत भएमा MCC संझौता लागु हुने भनिएको छ। 'अन्य कुनै संझौता' भनेर अरु देशहरुसंग भएका संझौताहरुलाई ईंगित गर्न खोजिएको हो। यो प्रावधानले के सन्देश द

म एउटा बेश्यालय खोल्न चाहन्छु

Image
"म एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि !" मेरो तर्क गलत होइन,किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तनमा बढी आकर्षित हुन् अनि flirting , chatting र dating बाट सुरु भएको त्यो लामो प्रेम कथा make up नहुने गरि break up मा सकियोस् ।  म अब चाहन्न कि नौ कक्षा पढ्दै गरेका भाई बहिनी हरु लभ गर्दै गर्दै सब गर्ने अवस्थामा पुगुन् र त्यो sex नामक मस्तीको गस्ती गर्दै गर्दा बजारमा "काण्ड" निक्लियोस जो तपाई हामी जस्ता सोजा केटिहरु त्यस्ता बोकाको हातमा पर्छ र viral बन्छ अनि नतिजा-एउटा नपत्याको आत्महत्याको ! म अब You Tube मा Nepali Commedy Video भनेर खोज्दा नाङ्गा र बाङ्गा thumbnail सहितका कलाहीन छाडा भिडियो हेर्न चाहन्न जो हेर्दा "बादरको पुच्छर लौरो न हतियार" भन्ने उखानको याद आओंस् ! यी सबै बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्न चाहन्छु ! Valentine Day मा कुरो मिलेन भनेर लफडा गर्ने अर्थहीन दिन हरुको अन्त्यको लागि भए पनि म बेश्यालय खोल्न चाहन्छु ! Local Bus वा Public

नक्शामा देशभक्ति देखाएर मुद्दा पश्चिमाहरुका हातमा हस्तान्तरण गर्ने षडयन्त्र !

Image
नक्शामा देशभक्ति देखाएर मुद्दा पश्चिमाहरुका हातमा हस्तान्तरण गर्ने षडयन्त्र ! नक्शा पारित गरी सकेर यसलाई हल्का बनाउन प्रमाण संकलन समूहको गठन मन्त्रीपरिषदबाट नक्शा पारित गरेर निशाना छापको संसोधन सम्बन्धि प्रस्तावमा भोली मतदान हुन थालेको अवस्थामा ओली सरकारले लिम्पियाधुरा...कालापानीको कथित प्रमाण जुटाउन विज्ञ समूह बनाएर पश्चिमाहरुले फालेको खतरनाक योजनतातर्फ संकेत गरेको छ। सबै काम सकेर प्रमाण जुटाउने समूह बनाउनुको अर्थ हो, नक्शालाई कमजोर बनाउनु र यसलाई अर्को शक्ति खेल्न सक्ने गरी जटिल बनाउनु। पहिलो संका : के ओली सरकारले कुनै प्रमाण नजुटाईकन वा पर्याप्त प्रमाण नभैकन नक्शा पारित गरेको थियो ? यदि यसो होईन भने कथित विज्ञ समूह बनाउनुको कारण के हो र त्यसले थप के काम गर्छ ? दोश्रो संका : कथित विज्ञ समूहमा राख्न निकै आवश्यक पर्ने १ जना व्यक्ति राखिएको छैन। दार्चुला जिल्लाका प्रतिनिधि छैनन्, दार्चुला जिल्लामा रहेका सरकारी कागजातहरुबारे जानकारी भएका कर्मचारी वा पूर्व कर्मचारी छैनन्, सिमा अतिक्रमणका बारेमा दशकौंदेखि लड्दै र संपूर्ण प्रमाणहरु राख्दै आएका कुनै विज्ञ छैनन्, कालापानीसम्म पुगेर त्यस क्षेत

विशेष सम्बन्धकाे भ्रमकाे पर्दा निर्माण गरेर के गरे इण्डियनहरूले?

Image
काममा ढिलासुस्ति गर्दा ईण्डियनहरुले फसाउने संभावना प्रबल छ 'रोटी-बेटी र धर्म'का नव-औपनिवेशिक हतियार देखि सावधान हाैं ! विशेष सम्बन्धकाे भ्रमकाे पर्दा निर्माण गरेर के गरे इण्डियनहरूले ?   ईण्डियनहरुलाई समयमैं नचिन्ने हो भने अर्को अनिष्ट उत्पन्न हुन सक्छ। उनीहरु चिप्ला काल्पनिक कथा रचेर नेपाललाई सिथिल बनाउने र आक्रमण गर्ने तयारीमा छन्। उनीहरुको रक्षात्मक बोलीले नै नेपाली भूमीमा उनीहरुले अपराध गर्दै आएको यथार्थतालाई आत्मादेखि स्विकार गरेको प्रष्ट रुपमा थाहा हुन्छ। ईण्डियनहरुको नव ..औपनिवेशिक नीतिको २ वटा कोणबाट खण्डन गरेर आम नेपालीहरुलाई स्पष्ट पार्न जरुरी छ। तिनीहरुसंग कथित रोटी-बेटी र धर्मका आधारमा विशेष सम्बन्ध रहेको कथा सफेद झूठ हो। नेपालको धर्म-संस्कृति र ईण्डियाको एउटै होईन भन्ने तथ्यलाई चिरफार गर्न जरुरी छ।   इण्डियनहरुले धर्म-संस्कृतिको नाममा नेपालका जनजातीहरु मूलधारका होईनन् भन्ने सन्देश दिंदै आएका छन्। नेपालको प्राचिनकाल देखिको संस्कृति जनजाति संस्कृति र मष्टो संस्कृति हो। पघि आएर मिसिएका संस्कृतिहरु नेपालको प्रारम्भकाल देखिको सभ्यताको विकासका अंग होईनन्। उनीहरुको पितृसत