विशेष सम्बन्धकाे भ्रमकाे पर्दा निर्माण गरेर के गरे इण्डियनहरूले?



काममा ढिलासुस्ति गर्दा ईण्डियनहरुले फसाउने संभावना प्रबल छ

'रोटी-बेटी र धर्म'का नव-औपनिवेशिक हतियार देखि सावधान हाैं !

विशेष सम्बन्धकाे भ्रमकाे पर्दा निर्माण गरेर के गरे इण्डियनहरूले ? 

ईण्डियनहरुलाई समयमैं नचिन्ने हो भने अर्को अनिष्ट उत्पन्न हुन सक्छ। उनीहरु चिप्ला काल्पनिक कथा रचेर नेपाललाई सिथिल बनाउने र आक्रमण गर्ने तयारीमा छन्। उनीहरुको रक्षात्मक बोलीले नै नेपाली भूमीमा उनीहरुले अपराध गर्दै आएको यथार्थतालाई आत्मादेखि स्विकार गरेको प्रष्ट रुपमा थाहा हुन्छ। ईण्डियनहरुको नव..औपनिवेशिक नीतिको २ वटा कोणबाट खण्डन गरेर आम नेपालीहरुलाई स्पष्ट पार्न जरुरी छ। तिनीहरुसंग कथित रोटी-बेटी र धर्मका आधारमा विशेष सम्बन्ध रहेको कथा सफेद झूठ हो। नेपालको धर्म-संस्कृति र ईण्डियाको एउटै होईन भन्ने तथ्यलाई चिरफार गर्न जरुरी छ। 

इण्डियनहरुले धर्म-संस्कृतिको नाममा नेपालका जनजातीहरु मूलधारका होईनन् भन्ने सन्देश दिंदै आएका छन्। नेपालको प्राचिनकाल देखिको संस्कृति जनजाति संस्कृति र मष्टो संस्कृति हो। पघि आएर मिसिएका संस्कृतिहरु नेपालको प्रारम्भकाल देखिको सभ्यताको विकासका अंग होईनन्। उनीहरुको पितृसत्ता, अवतारवाद (व्यक्तिवाद) र भेदभावमा आधारित वैष्णव संस्कृति हो, जससंग नेपाली संस्कृतिको कुनै साईनो छैन। यो पक्षलाई स्पष्ट पार्न नसक्दा ईण्डियाले सँधैभरी नव..औपनिवेशिक शोषण र उत्पीडन गर्दै आएको छ। इसाई धर्म मान्ने र बौद्ध धर्म मान्ने मुलुकहरुका बिचमा पनि विशेष सम्बन्ध छैन।

यस्ता भावुक र वाहियात कुरा गरेर ईण्डियनहरुले भूमी अतिक्रमणको समाधानलाई लम्ब्याउन खोजिरहेका छन्। लिम्पियाधुरा..कालापानी लगायत सबै भूमी फिर्ता गर्ने कामलाई तिब्र रुपमा अघी बढाउनु पर्दछ। ईण्डियासंगको खुला सिमाना बन्द गर्नु पर्दछ र त्यससंग गरिएका अपमानजनक तथा असमान सन्धि-सम्झौताहरु खारेज गर्ने प्रकृया सुरु गर्नु पर्दछ। ईण्डियासंगको नेपालको सम्बन्धलाई राष्ट्रिय हित र ब्यबहारले मात्र परिभाषित गर्दछ। आफ्नो गुण्डा चरित्रलाई ढाकछोप गरेर उत्पीडन गर्न रचिन यस्ता फजुलका कथाहरुको कुनै अर्थ हुँदैन। समयमैं सबै काम नगरे ईण्डियनहरुले फसाउने संभावना छ।

Bharat Dahal

Comments

Popular posts from this blog

म एउटा बेश्यालय खोल्न चाहन्छु

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव