म एउटा बेश्यालय खोल्न चाहन्छु

"म एउटा बेश्यालय खोल्न चाहन्छु,बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि !"

मेरो तर्क गलत होइन,किनभने म अब चाहन्न कि पाच बर्ष सम्म प्रेम गरेका एक जोडी एक अर्काको मन देखि थकित भएर भर्खरै कतै देखेको स्तनमा बढी आकर्षित हुन् अनि flirting , chatting र dating बाट सुरु भएको त्यो लामो प्रेम कथा make up नहुने गरि break up मा सकियोस् । 

म अब चाहन्न कि नौ कक्षा पढ्दै गरेका भाई बहिनी हरु लभ गर्दै गर्दै सब गर्ने अवस्थामा पुगुन् र त्यो sex नामक मस्तीको गस्ती गर्दै गर्दा बजारमा "काण्ड" निक्लियोस जो तपाई हामी जस्ता सोजा केटिहरु त्यस्ता बोकाको हातमा पर्छ र viral बन्छ अनि नतिजा-एउटा नपत्याको आत्महत्याको !

म अब You Tube मा Nepali Commedy Video भनेर खोज्दा नाङ्गा र बाङ्गा thumbnail सहितका कलाहीन छाडा भिडियो हेर्न चाहन्न जो हेर्दा "बादरको पुच्छर लौरो न हतियार" भन्ने उखानको याद आओंस् ! यी सबै बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्न चाहन्छु !

Valentine Day मा कुरो मिलेन भनेर लफडा गर्ने अर्थहीन दिन हरुको अन्त्यको लागि भए पनि म बेश्यालय खोल्न चाहन्छु !

Local Bus वा Public Places मा एउटी केटिको तिग्रा नचिमोटियोस्, छाती नछामियोस् र ऊ कुकुर जसरी नजिस्क्याइयोस् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु !

साना साना नानीहरु बिहान बिहानै बलात्कृत आसुसंग नडराउन् भन्नका लागि पनि म बेश्यालय खोल्न चाहन्छु !

दिन दिनै नारी बलात्कृत भईन भन्ने समाचार सुन्न नपरोस , पराईको कुरै नगरौ आफ्नै घरमा असुरक्षित छिन नारी , अब आइन्दा येस्तो सुन्न नपरोस तेसैले म बेश्यालय खोल्न चहान्छु 

Facebook Group मा जुत्ता Shopping गरे जसरी केटिले केटा र केटाले केटिलाई एक अर्काको जिगर र फिगरको आधारमा shopping गर्दै गर्दा "म त Single छु,हजुर नि ?" भन्ने post देख्नु नपरोस् भन्ने सोचले पनि यी बैसको लय खप्न नसक्ने मान्छेहरुका लागि बेश्यालय खोल्नु नै ठिक होला जस्तो लाग्यो !

#Comment after you complete this only. 

Courtesy: Sonika Lama

Comments

Popular posts from this blog

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव