गण्डकी हस्पिटलका उपकुलपतिको निजि अक्सिजन व्यवसायलाई बचाउन सरकारी हस्पिटलको प्लान्ट बन्न दिईएन

 

हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा अक्सिजन प्लान्ट बनाउन पोखराका ठूला व्यापारिक घरानाको पहलमा सहयोग संकलन भइरहेको रहेछ । व्यवसायी र देश/विदेशमा रहेका मनकारीले असल मनसायका साथ थुप्रै रकम सहयोग पनि गरिरहनुभएको छ । तर यस सम्बन्धमा मेरो जानकारीमा भएका केही तथ्य प्रस्तुत गर्छु ।

१.सहरी विकास तथा भवन निर्माण विभाग, संघीय योजना कार्यान्वयन इकाइले अस्पतालमा रेट्रो फिटिङ (भवन प्रवलीकरण) को काम गरिरहेको छ । प्राविधिक र आर्थिक सहयोग नेपाल स्वास्थ्य क्षेत्र सहयोग कार्यक्रम (एनएसएसपी) र अन्तर्राष्ट्रिय विकास विभाग (डीएफआईडी) ले गरेका छन् । रेट्रो फिटिङ आयोजनाभित्रै अक्सिजन प्लान्ट निर्माण योजनासमेत छ । बिकोइ/रौताहा/पीके जेभीसँग विभागले गत वर्ष असार २९ मा सम्झौता गरेको थियो । आयोजना सम्पन्न गर्नुपर्ने मिति २०७९ असार २८ रहेको छ । भ्याट बाहेक ५४ करोड रुपैयाँमा सम्झौता भएको छ । (यसर्थ, अस्पतालमा अक्सिजन प्लान्ट बनाउन रकमको अभाव छैन ।)
२.गत वर्ष सम्झौता हुँदा कोरोना महामारी नै थियो । सम्झौताको तालिकामा भने अक्सिजन प्लान्ट निर्माणलाई अन्तिममा राखियो । (कारण ः अस्पतालका पूर्व उपकुलपति, वर्तमान डिनदेखि केही डाक्टरको पोखराको निजी अक्सिजन ग्यास कम्पनीमा लगानी छ । यही महामारीमा कम्पनीको व्यापार धमाधम भइरहेको छ । यद्यपि, अक्सिजन अहिलेको आवश्यकता पनि हो र कम्पनीले द्रूत सेवा पनि दिइरहेको छ तर यति पुरानो अस्पतालमै समयमा किन बनाइएन ?)
३.अस्पतालले बल्ल अक्सिजन प्लान्ट पहिले बनाउन भवन निर्माण विभागलाई पत्र पठाएको छ । तर ठेकेदार कम्पनीले यूरोपियन स्ट्यान्डर्डको अक्सिजन प्लान्ट ल्याउनुपर्ने सम्झौतामा उल्लेख भएकोले अझै ५–६ महिना लाग्ने जवाफ फर्काएको छ । (पहिलो लहरको कोरोना आउने बेला भएको सम्झौतामा अक्सिजन प्लान्टलाई पहिलो प्राथमिकतामा राखेको भए अहिलेसम्म प्लान्ट जडान भएर उपभोग भइसकेको हुन्थ्यो । कसको स्वार्थले अक्सिजन प्लान्ट बनाउन ढिलाइ भयो ?)
४. पाँच करोड रुपैयाँ सहयोग उठाएर १५–२० दिनमा अक्सिजन प्लान्ट जडान गर्ने भनिएको छ । हालै एक सय बेड माथिका अस्पताललाई १५ दिन भित्र आफ्नै अक्सिजन प्लान्ट बनाउनुपर्ने स्वास्थ्य मन्त्रालयको निर्देशनलाई निजी अस्पतालको संस्था अफिनले ‘हावादारी’ भनेको छ । पोखरामा कसरी र कहाँबाट आइपुग्छ १५–२० दिनभित्र प्लान्ट ? यदी कुनै विशेष माध्यम भए नेपाल सरकारलाई पनि भनौं र अन्तलाई पनि मगाइदिउँ ।)
संचारकर्मी, नागरिक समाज र अन्य सरोकारवालाले त्यतातिर खोजौं । सहयोग लिने दिने दुबैले बुझेर लिने दिने गरौं । भावनामा नबगौं ।
Credit:

Comments

Popular posts from this blog

म एउटा बेश्यालय खोल्न चाहन्छु

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव