"MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं

" MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं !
नेपाल गिजोल्न र चीनसंग लड्न बर्दी लगाएर बाहिर आउन भनौं 

तल फोटोमा हेर्नुहोस्, दफा ७.१ मा 'MCC संझौता र नेपालको राष्ट्रिय कानू बाझिएमा प्रस्तुत संझौता लागु हनेछ' भनिएको छ। यो दफाले नेपालमा २ वटा सरकारको वकालत गरिरहेको छ। त्यो भन्दा तल अनुसूची (३) को (क) को 'स्वतन्त्र मूल्यांकन' नामको शिर्षकमा नेपालले MCC परियोजनाको असर वा कार्य सम्पादनका बारेमा कुनै जानकारी लिन चाहेमा MCC को 'पूर्व स्विकृति' लिनु पर्ने बनाएको छ। यसको अर्थ हो, MCC ले के गरिरहेकाे छ र त्यसकाे कामको असर के कस्तो परिरहेको छ भन्ने कुरा MCC को अनुमति विना बुझ्न पाईने छैन। यसबाट स्पष्ट हुन्छ कि त्यसले ट्रान्समिशन लाईन देखाएर अरु कुनै अबान्छित कामहरु गर्न खोजेको छ। 

यससंग जोडिएको अझ डरलाग्दो प्रावधान दफा ६.३ मा छ। सो दफाको (ख) मा भनिएको छ कि MCC संझौता र अन्य कुनै संझौता बाझिएमा वा परस्पर असंगत भएमा MCC संझौता लागु हुने भनिएको छ। 'अन्य कुनै संझौता' भनेर अरु देशहरुसंग भएका संझौताहरुलाई ईंगित गर्न खोजिएको हो। यो प्रावधानले के सन्देश दिन्छ भने अमेरीकाले चीनका विरुद्धमा बनाउन खोजिरहेको सैन्य चक्रब्युह वा नेपालका श्रोतहरु लुट्ने योजनामा बाधा पार्ने अन्य देशहरुसंगका संझौताहरु अघि बढ्न पाउने छैनन्। 

यो प्रावधानले चीनको BRI संझौतालाई रोक्न खोजेको त छ नै, यति मात्र होईन रुस, उत्तर कोरीया, ईरान लगायत त्यसका विरोधिहरु जो जो छन् ति सबैसंगको नेपालको सम्बन्धलाई तोड्ने र नेपालको भूगोललाई आफ्नो एकलौटी बनाएर 'गुआमको टापु 'बनाउने योजनामा MCC आएको छ। MCC ढाल बनाएर नेपालबाट उत्तर काेरीयनहरूका सबै ब्यशायहरू बन्द गरि नेपालबाट निकालिएकाे ३ महिना अगाडिकाे घटना नबिर्साैं।

माथिका संझौताहरुको अर्थ के हो भनेर MCC का छद्मभेषि खम्पाहरुसंग जबाफ मागौं र भनौं कि फटाहा रकमी कुराका भरमा धन्धा गर्न बन्द गरेर अमेरीकी सेनाको बर्दी लगाएर बाहिर आउ ! हिंजो दलाई लामाका कार्यकर्ताहरुलाई खम्पाका रुपमा सिधै युद्धमा पठाउँदा प्राप्त गरेको असफलताबाट पाठ सिकेर CIA ले नेपाली मुकुण्डोमा सजिएका खम्पाहरुलाई भर्ति गरेर अगाडि बढ्न खोजेको छ। "

Bharat Dahal

Comments

Popular posts from this blog

The youths cleaned the Phewa canal by mobilizing groups through social media

कोरोना: साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन

नक्शामा देशभक्ति देखाएर मुद्दा पश्चिमाहरुका हातमा हस्तान्तरण गर्ने षडयन्त्र !