कलियुग - अघोरी चेैतन्यैश्वर चण्डी

अघोरी चेैतन्यैश्वर चण्डी

यो हामिले भोगिरहेको नै कलियुग हो। यस युगको बारेमा सत्यवति तथा पराशर पुत्र व्यासजिले जे-जसो भन्नुभएकोछ, त्यसैलाई मैले तपाईंहरुले सजिलै बुझ्ने भाषामा भावानुवाद गरिदिएको छु।

यश कलियुगमा मानिसहरु सँधै तामसी गुणले घेरिएर रहेको हुन्छन् । यसैले माया प्रेम तथा गुणमा दोष देख्छन् । तपस्विहरुको बध गर्न तत्पर रहन्छन् ।
युगको गुणले पेटमा भोकको आगो हुनेछ । अत्यन्त क्रोधि, र सानो चित्तवाला, अधार्मिक र दुष्ट मानिसहरु हुनेछन् । त्यसैले प्राण हर्ने रोगहरु हुनेछ । अनावृष्टि हुनेछ । देशहरु नै उथुलपुथुल हुनेछ ।
असत्य अध्ययन, दुराचार हुनेछ, दुषित शास्त्रको अभ्यास र खराब कर्मले भरिपुर्ण हुनेछ । भ्रुणहत्या र वीरहत्या प्रचलित हुनेछ । शुभकर्महरु हुनेछैन बरु महादेव, पुरुषोत्तम, ब्रम्हा र धर्मशास्त्र तथा पुराणहरुको निन्दा हुनेछ । ब्राम्हणहरुलाई पनि आफ्नो धर्ममा रुचिहुने छैन ।
स्त्रीहरु वेश्यावृति गर्नेछन् । अन्न तथा वस्त्रहरु पनि चोरी हुनेछ । चोरहरुले चोरकै चोर्नेछन् र अर्को चोरले त्यो चोरको पनि चोर्नेछन् । प्रचुर दुःख हुनेछ शरीरमा रोग र अल्छ्याइ बढ्नेछ । मानिसहरु छोटो आयुको हुनेछ ।
घोर नास्तिकहरुले वैदिक मन्त्र पढ्नेछन् । जसले श्रेष्ठ मनुष्यको रुपमा समाजमा मान्यता पाउनेछन् । उनिहरुले आफ्नो अध्ययनको फललाई ज्ञानको लागि उत्सुक बनाउँदैनन् । बरु सबै आफ्नो अनुकुलतामा बेच्छन् । तप र यज्ञफल पनि बेच्नेछन् ।
हजारौंको सङ्ख्यामा जोगि र सन्यासीहरु हुनेछन् । उनिहरु ज्ञानको लागि होइन बरु पेट भर्न वा कर्मगर्नको अल्छिले वा त प्रतिष्ठा पाउने लोभले सन्यासी हुनेछन् ।
तमोगुणले प्रवृत्त तथा देखावटि धर्माचरण गर्नेहरुले अनेक प्रलोभन देखाएर मानिसहरुलाई मोहित गर्नेछन् । तर लोकहरुको पनि इश्वर, देवताहरुको पनि देवता, महादेव पनि मनुष्यहरुको दृष्टिमा पुज्य र आराध्य हुँदैनन् । निन्दित हुनेछन् ।
किनकि प्राचीनकालमा दक्षको यज्ञमा ऋषि दधिचको श्रापले दग्ध भएकोहरु ब्राम्हण कुलमा उत्पन्न हुनेछन् । महात्मा गौतमको श्रापले दग्ध भएकोहरु आफ्नो-आफ्नो कुलमा उत्पन्न हुनेछन् । त्यसैले मानिसहरुले अन्य व्यर्थको धर्म आचरणहरु खुब गर्नेछन् तर महादेवको निन्दा नै गर्नेछन् ।
तैपनि सुनिआएको र स्मृतिमा व्याप्त भएको धर्मको प्रतिष्ठा तथा भक्तको हितको लागि निललोहित शङ्कर अनेक अवतार गर्छन् ।
यो कलिको दोषलाई जितेर ज-जसले अनिश्वरहरुलाई छोड्दछन् । ति देवहरु जो महादेवकै कृपाले शक्ति प्राप्त गर्दछन् , तिनिहरुलाई छोडेर यो कलिको इष्ट इशान रुद्रलाई नमन गर्दछन् । जसले प्रसन्न मनले विरुपाक्ष रुद्र शिवको अर्चना गर्दछन् । जसले उनै आदित्य, उग्र, पशुपति, भास्कर र अन्धकारबाट पर रहने परमेष्ठिलाई नमस्कार गर्छन् । उनिहरुले परमपद प्राप्त गर्दछन् ।
किनकि अनेकौँ दोषहरुले व्याप्त यो कलिको एक महान् गुण पनि छ कि यस युगमा मानिसहरुले, धेरै मानिसहरुले अनायासै महान् पुण्य पाउँछन्। ॐ💕
जय अघोर

Comments

Popular posts from this blog

म एउटा बेश्यालय खोल्न चाहन्छु

श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा मेरा केही अनुभव