सर ट्रमालाइ राखेको अक्सिजन सिलिण्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए

 डा सन्तोष पौडेल

अत्यन्तै मर्माहत छु साथिहरू!
साँझ ५:४९ बजे
आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो
‘सर, अक्सिजन सकिनै लाग्यो!’
‘कसरी!’ आज त हामीहरुलाई ५० सिलिण्डरका दरले ४-४ घण्टामा दिने हैन र!
‘हो सर, तर ४ बजे आउनुपर्ने Gas अझै आएन। सर कम्पनीमा सोधिदिनुहोस् न किन आएन? अब १५ मिनेटलाई मात्र पुग्छ।’
मैले कम्पनिको owner सँग फोन गर्छु, ‘…..जी खैत आज पनि त्यस्तै भो किन? बिरामी त मर्छन् केहिबेरमा यदि supply भएन भने त।’
‘४ बजे नै आउनुपर्ने किन ढिला भयो त?’
ऊ-सर हजुरहरुलाई राखेको अक्सिजन सिलिण्डर पुलिसको ठूलो मान्छेहरु आएर लिएर गए।
हामीले के भन्ने सर, जबरजस्ती गरेपछि!
म ट्वाँ ! (रिस र पिडाले रुन मात्र सकिन)
म; अब के हुन्छ?
ऊ: हैन सर १० वटा पठइदिहाल्छु।
म: यार तपाई ! मानिसहरु Ventilator मा छन्, oxygen बिना एक मिनेट रहन सक्दैनन्, खेलाँची सम्झनु हुन्छ यो मानव जीवनलाई! ती मानिसको मृत्यु भएमा जिम्मेवार को? तपाई कि म! कि ती ‘ठूला पुलिस’ ?
ऊ-सर त्यो त म के भनुँ।
नि:शब्द !
त्यस पछि गृह सचिवज्यूलाई फोन गरेँ
र भनेँ, यो देशमा पुलिसको दादागिरी चल्दो रैछ हैन सचिवज्यू? , बरु मेरो अस्पताल तिनैलाई जिम्मा लगाइदिनुहोस् सर, मलाई हटाइदिनुस्!
उता: ….. यस्तै हो .. म बुझ्छु …..!!
पिडा छ हजुर
जीवनमा डाक्टर भएँ !
मानव जीवनलाई माया गरेँ।
आँखै अगाडि धेरै मृत्यु देखिरहेको छु,
मजस्तै जीवनहरु तिमीहरुलाई बचाउँन सकिन, माफ गर
हार्दिक श्रद्दान्जली प्रिय जीवनहरु!
-(ट्रमा सेन्टरका निमित्त निर्देशक डा सन्तोष पौडेलले सामाजिक सञ्जालमा राखेको अनूभव)

Comments

Popular posts from this blog

The youths cleaned the Phewa canal by mobilizing groups through social media

Crimes Against Humanity Against the Citizens.

कोरोना: साबधानी अपनाउनु जरुरी छ , तर आत्तालिनु आवश्यक छैन