" MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं ! नेपाल गिजोल्न र चीनसंग लड्न बर्दी लगाएर बाहिर आउन भनौं तल फोटोमा हेर्नुहोस्, दफा ७.१ मा 'MCC संझौता र नेपालको राष्ट्रिय कानू बाझिएमा प्रस्तुत संझौता लागु हनेछ' भनिएको छ। यो दफाले नेपालमा २ वटा सरकारको वकालत गरिरहेको छ। त्यो भन्दा तल अनुसूची (३) को (क) को 'स्वतन्त्र मूल्यांकन' नामको शिर्षकमा नेपालले MCC परियोजनाको असर वा कार्य सम्पादनका बारेमा कुनै जानकारी लिन चाहेमा MCC को 'पूर्व स्विकृति' लिनु पर्ने बनाएको छ। यसको अ र्थ हो, MCC ले के गरिरहेकाे छ र त्यसकाे कामको असर के कस्तो परिरहेको छ भन्ने कुरा MCC को अनुमति विना बुझ्न पाईने छैन। यसबाट स्पष्ट हुन्छ कि त्यसले ट्रान्समिशन लाईन देखाएर अरु कुनै अबान्छित कामहरु गर्न खोजेको छ। यससंग जोडिएको अझ डरलाग्दो प्रावधान दफा ६.३ मा छ। सो दफाको (ख) मा भनिएको छ कि MCC संझौता र अन्य कुनै संझौता बाझिएमा वा परस्पर असंगत भएमा MCC संझौता लागु हुने भनिएको छ। 'अन्य कुनै संझौता' भनेर अरु देशहरुसंग भएका संझौताहरुलाई ईंगित गर्न खोजिएको हो। यो प्रावधानले के सन्देश द...
जनहितमा जारी । यी फोटोहरु गतवर्ष यतिबेलातिरै श्रीमान् र दुई छोरीहरूलाई कोरोना पोजेटिभ देखिएपछि होम आइसोलेसनका बेलामा कोठाकोठाको ढोका अघि खाना लग्दिनु अघि खिचेका फोटोहरु हुन्। श्रीमानको पोजेटिभ रिपोर्ट आएको पाँचौ दिनपछि जब दुई छोरीहरूको पनि पोजेटिभ नै रिपोर्ट आयो त्यतिबेला म स्तब्ध भएकी थिएँ... र भान्सामा एक्लै रोएकी थिएँ।रुँदै गर्दा जब तातो आँसु मेरो हातमा पर्यो तब मैले तत्कालै बेसिनमा गएर मुख धोएँ र आफूलाई बलियो बनाएँ। हुन त छोरीहरूमा त्यस्तो कुनै लक्षण थिएन र पनि मेरो सामु उनीहरूलाई रिपोर्टबारे जानकारी दिएर आइसोलेसनमा राख्न मानसिक रुपमा कसरी तयार बनाउने भन्ने ठूलो चुनौती थियोे ।उता श्रीमानको स्वास्थ्य अवस्था जटिल थियोे भने यता नानीहरूलाई सबै ठिकै हुन्छ भनेर सम्झाउनु र कोरोनासँग एक्लै लड्नु कम चुनौती थिएन र पनि करिब महिना दिनको कठोर सङ्घर्षपछि तीनैजना कोरोनामुक्त भए । यसै सन्दर्भमा केही दिन अघि सामाजिक सञ्जालतिर कोरोना संक्रमितलाई अव्यवस्थित किसिमले खाना दिएको दृश्य देखेपछि त्यो बेलाको मेरा केही अनुभव सेयर गरौं लाग्यो । १. तपाईंको परिवारको कुनै सदस्यलाई कोरोना पोजेटिभ देखिएको ...
Comments
Post a Comment