"MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं
" MCC का छद्मभेषि खम्पाहरुसंग तलको ब्याख्याको अर्थ मागौं ! नेपाल गिजोल्न र चीनसंग लड्न बर्दी लगाएर बाहिर आउन भनौं तल फोटोमा हेर्नुहोस्, दफा ७.१ मा 'MCC संझौता र नेपालको राष्ट्रिय कानू बाझिएमा प्रस्तुत संझौता लागु हनेछ' भनिएको छ। यो दफाले नेपालमा २ वटा सरकारको वकालत गरिरहेको छ। त्यो भन्दा तल अनुसूची (३) को (क) को 'स्वतन्त्र मूल्यांकन' नामको शिर्षकमा नेपालले MCC परियोजनाको असर वा कार्य सम्पादनका बारेमा कुनै जानकारी लिन चाहेमा MCC को 'पूर्व स्विकृति' लिनु पर्ने बनाएको छ। यसको अ र्थ हो, MCC ले के गरिरहेकाे छ र त्यसकाे कामको असर के कस्तो परिरहेको छ भन्ने कुरा MCC को अनुमति विना बुझ्न पाईने छैन। यसबाट स्पष्ट हुन्छ कि त्यसले ट्रान्समिशन लाईन देखाएर अरु कुनै अबान्छित कामहरु गर्न खोजेको छ। यससंग जोडिएको अझ डरलाग्दो प्रावधान दफा ६.३ मा छ। सो दफाको (ख) मा भनिएको छ कि MCC संझौता र अन्य कुनै संझौता बाझिएमा वा परस्पर असंगत भएमा MCC संझौता लागु हुने भनिएको छ। 'अन्य कुनै संझौता' भनेर अरु देशहरुसंग भएका संझौताहरुलाई ईंगित गर्न खोजिएको हो। यो प्रावधानले के सन्देश द...