कलियुग - अघोरी चेैतन्यैश्वर चण्डी
अघोरी चेैतन्यैश्वर चण्डी यो हामिले भोगिरहेको नै कलियुग हो। यस युगको बारेमा सत्यवति तथा पराशर पुत्र व्यासजिले जे-जसो भन्नुभएकोछ, त्यसैलाई मैले तपाईंहरुले सजिलै बुझ्ने भाषामा भावानुवाद गरिदिएको छु। यश कलियुगमा मानिसहरु सँधै तामसी गुणले घेरिएर रहेको हुन्छन् । यसैले माया प्रेम तथा गुणमा दोष देख्छन् । तपस्विहरुको बध गर्न तत्पर रहन्छन् । युगको गुणले पेटमा भोकको आगो हुनेछ । अत्यन्त क्रोधि, र सानो चित्तवाला, अधार्मिक र दुष्ट मानिसहरु हुनेछन् । त्यसैले प्राण हर्ने रोगहरु हुनेछ । अनावृष्टि हुनेछ । देशहरु नै उथुलपुथुल हुनेछ । असत्य अध्ययन, दुराचार हुनेछ, दुषित शास्त्रको अभ्यास र खराब कर्मले भरिपुर्ण हुनेछ । भ्रुणहत्या र वीरहत्या प्रचलित हुनेछ । शुभकर्महरु हुनेछैन बरु महादेव, पुरुषोत्तम, ब्रम्हा र धर्मशास्त्र तथा पुराणहरुको निन्दा हुनेछ । ब्राम्हणहरुलाई पनि आफ्नो धर्ममा रुचिहुने छैन । स्त्रीहरु वेश्यावृति गर्नेछन् । अन्न तथा वस्त्रहरु पनि चोरी हुनेछ । चोरहरुले चोरकै चोर्नेछन् र अर्को चोरले त्यो चोरको पनि चोर्नेछन् । प्रचुर दुःख हुनेछ शरीरमा रोग र अल्छ्याइ बढ्नेछ । मानिसहरु छोटो आयुको हुनेछ ...